लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रभु बैंक र अत्तरिया हस्पिटल प्रा.लि बिच सम्झौता

सत्ति / प्रभु बैंक र अत्तरिया हस्पिटल बिच छुट सम्झौता भयको छ।
अत्तरिया हस्पिटलमा सेवा लिने प्रभु बैंकका ग्राहकले छुट सुबिधा पाउने भयका छन। हस्पिटलबाट सेवा लिने प्रभु बैंकका ग्राहकले विभिन्न भुक्तानिका साधन ATM, QR, POS, डेबिट कार्ड तथा क्रेडिट कार्ड लगायतका भुक्तानिका साधनको माध्ययमबाट भुक्तानी गर्दा साे भुक्तानिमा २०% सम्म छुट सुबिधा पाउने भयका छन।
प्रभु बैंक र साे हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अत्तरिया हस्पिटल प्रा.ली. द्वारा संचालित एक्स-रे , ई सी जी , इको, इन्डोेस्कोपी, ओपिडी, इमर्जेन्सी टिकट शुल्क , प्याथोलोजी टेष्ट, गाइनोकोलजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन आई सी यु , आई सी यु जेनरल बेड हस्पिटल एडमिन शुल्कमा १०% र क्याविन हस्पिटल एडमिट शुल्कमा २०% साथै ल्याप्रोस्कपीक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौतामा एक समारोहका बिच प्रभु बैंक धनगढी शाखाका शाखा प्रमुख रबि कान्त जोशी र अत्तरिया हस्पिटल प्रा. लि का म्यानेजिङ डाइरेक्टर आनन्द पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन। सम्झौता कार्यक्रममा प्रभु बैंकका सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख नन्दराज जोशी बैंकका अत्तरिया शाखाका प्रमुख हर्क बहादुर सिंह धनगढी शाखाका सम्बन्ध अधिकृत धर्मराज उपाध्याय अत्तरिया शाखाका सम्बन्ध अधिकृत दिपेन्द्र साउद लगायतको उपस्थिति रहेको थियो। उक्त सम्झौताबाट सेवाग्राहीहरुले अधिकतम लाभ लिने बिस्वास बैंकले लियको छ। प्रभु बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि विभिन्न ब्यापारिक गैरब्यापारिक संघ संस्था संग सहकार्य गर्दै सेवा प्रवाह गरिरहेको जनाएको छ।


प्रकाशित : २०७९ आश्विन ४ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप