सत्ति / सरकारले राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ।
यसअघि उनलाई मासिक २५ हजार रूपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
‘राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री कार्कीले भने।
प्रकाशित : २०७९ आश्विन ९ आईतवार प्रकाशित