लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर प्रहरीले जानकिका ३ जना निर्दोषलाई पक्राउ गरेको आरोप

टीकापुर / इलाका प्रहरी टिकापुरले सुरक्षाकर्मी कुटिएको भन्दै जानकी गाउँपालिका ३ का तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरी रहेका छन् । उनीहरुलाई बिहीबार राती घरबाटै पक्राउ गरिएको छ ।
जानकि गाउँपालिका ३ काे लायकपुर शिविरकाे ३ सय मिटर नजिकै केही व्यक्ति आपसमा झगडा भएको विषयलाई लिएर साँस्कृतिक कार्यक्रममा संम्वद्व व्यक्तिलाई घर बाट लिएको स्थानीयकाे आराेप छ ।
स्थानीयका अनुसार प्रहरीलाई कता कसले कुट्यो थाहा छैन तर दशैको कार्यक्रम रातीसम्म गरेर प्रहरी कुटेको भन्दै तीन जनालाई पक्राउ गरिएको छ ।
लायकपुर शिविरमा दशै सम्वन्धी कार्यक्रम थियो, त्यहाँ कुनै झगडा भएन तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ ।
टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले भने प्रहरी अनुसन्धान गरिरहेकोले कोही निर्दोष भए छुट्ने बताए ।
उनले भने, टीकापुर सहितको वरपरको क्षेत्र संवेदनशील भएकोले दशैका कार्यक्रम गर्दा अनुमति लिनुपर्ने बताए । लायकपुरको कार्यक्रम पनि अनुमति विना नै गरिएको उनले बताए ।
प्रहरीले अनुमति लिएर कार्यक्रम गर्नुपर्ने भनेता पनि टिकापुरका विभित्र स्थानमा साँस्कृतिक कार्यक्रम अबेर रातिसम्म भएका थिए ।
पछिल्लोपटक टिकापुर प्रहरीकाे गतिविधिले नागरिकलाई अनावश्यक हैरानी दिने गरेको र प्रहरीको नागरिक मैत्री व्यवहार नभएको टिकापुरका एक बुद्धिजीवीकाे भनाइ रहेको छ ।


प्रकाशित : २०७९ आश्विन २० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप