लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चर्चित बन्ने चक्करले विवादमा फसिन् गायिका लक्ष्मी

टिकापुर / टिकापुर घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य विवादमा तानिएकी छन्। दसैंको दिन संवेदनशील अंगबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा मुछिएकी हुन्।
नेपालीको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ। दशमी देखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आर्शिवाद लिने दिने चलन छ। विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आर्शिवाद लिने गरिन्छ। टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन्। सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ तर गायिका भनिएकी लक्ष्मी आचार्यले भने चर्चित हुने चक्करमा वक्षस्थल बीच जमरा टाँसेकी थिइन्।
ती गायिकाको हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन्। उनको त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ। ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशील अंगमा कसले लगाइदियो ? भनेर पनि धेरैले जिज्ञासा राखेका छन्।
उनले दसैंको अवसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन्। आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन्। यता आचार्यले भने यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन्। ठुलाबडा बाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ ।
आलोचना भएपछि उक्त तस्बिरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन्। उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकार हुन्। २०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल बनेकाे थियो । पछिल्लो समय नेपालमा बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका छन् ।


प्रकाशित : २०७९ आश्विन २१ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप