लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

उम्मेदवारको फोटो राखेर बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही

सत्ति / निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षक माथि निगरानी बढाएको छ।

कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सो मा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाएर बधाई दिने, शुभकामना दिने गरेको पाइएकोले आयोगले कडाइ गरेको छ।

शिक्षक तथा कर्मचारीले राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) लगायतमा सेयर र लाइक गरेका घटना अनुगनका क्रममा पाइएकोले आयोगले आवश्यक कारबाही सुरू गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाजिका सञ्जाल मार्फत मत माग्न नहुने पनि आयोगले शिक्षक तथा कर्मचारीलाई सम्झाएको छ। यो व्यवस्था उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोधिने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।


प्रकाशित : २०७९ आश्विन २६ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप