लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरपालिकाले शिविरका बस्ती हटाउने कुरा भ्रमपुर्ण :- नगर प्रमुख थारु

सत्ति /टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्ती हटाउने कुरा चुनावी एजेन्डाकाे हर्कत भएको बताएका छन् ।

`सुकुम्बासी , भुमिहिन ,दलित , उपेक्षित वर्गका मानिस वर्षाैं देखि बस्दै आएको शिविरकाे उचित व्यवस्थापन नहुञ्जेल शिविर खालि हुँदैन´ उनलेे भने । बिहीबार ८ वटा शिविरका बासिन्दाकाे आयाेजनामा गरिएकाे एक कार्यक्रममा नगर प्रमुख थारुले साे कुरा बताएका हुन् । नगर प्रमुख थारुले अहिलेको टीकापुर नगरपालिकाकाे सुचनाले शिविर बस्तीलाई कुनै समस्या नगर्ने बताए ।

उनले कुनै विकल्प नभएर सयौं परिवारलाई विस्थापित गर्न नसकिने बताउँदै बजार क्षेत्रका अतिक्रमण परेका जग्गालाई खाली गराउनका लागि प्रक्रिया अघि बढाइएको बताए । “बस्ती हटाउने भन्ने भ्रम शिविरमा छर्ने काम भएको सुन्नमा आएको छ । त्यो सत्य होईन ।” नगर प्रमुख थारुले भने , शिविरका जनतालाई चुनावकाे मुखैमा कुनै नेताले सुनियोजितरुपमा छरेकाे भ्रम हो यस्तो गलत कुरामा विस्वास नगर्न सराेकारवालालाई उनलेे आग्रह गरे ।

“विकल्प खोजेर शिविर खाली गर्न प्रदेश सरकार सँग समन्वय भैरहेको छ ।” उनले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित वसाेवासीकाे तथ्यांक संकलन गरि लालपुर्जा वितरणको प्रकृयामा नगरपालिका लागिरहेको बताउदै चुनाव पछि शिविरका बस्तिकाे उचित व्यवस्थापन गरिने बताए ।

बिहीबार टीकापुर वडा नं १ अन्तरगत रहेका ८ वटा बस्तीमा रहेका सुकुम्बासी,मुक्त कमैया ,भु.पु कर्मचारी, मुक्त कमैया , बाढी पिडित स्थानीय बासिन्दालाई उचित बसोबासको व्यवस्था गर्न माग सहितको ग्यापन पत्र संघर्ष समितिले टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु समक्ष बुझाएका छन् ।


प्रकाशित : २०७९ कार्तिक ४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप