सत्ति / बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था किवानिज वन डे मनाइएको छ । किवानिज क्लब टिकापुरले किवानिज वन डेकाे अवसरमा असहाय तथा जाेखिममा रहेका बालबालिकालाई शनिबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय तथा बाेर्डर लाइन पब्लिक स्कुल बैदिमा अध्ययनरत ११जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेर मनाइएको हो ।
असहाय , विपन्न र जाेखिममा रहेका बालबालिका लाई कापि, कलम, सिसाकलम, कलर पेन्सिल सहयोग गरिएको किवानिज क्लब टिकापुरका उपाध्यक्ष मुकेश श्रेष्ठले जानकारी दिए ।
किवानिज इन्टरनेशनलले संसारभरिका सबै क्लबहरुले एकैदिन बालबालिका संग मनाउने सेवा गर्ने पर्व किवानीज वन डे (KIWANIS ONE DAY) २२ अक्टोबर हो । २२ अक्टोबरकाे दिनलाई संसारभरका सम्पूर्ण क्लबहरुले बालबालिका संग सम्बन्धित विभिन्न सेवामूलक कार्यक्रमहरु गरेर मनाउने गरिन्छ ।
किवानिज वन डे का अवसरमा नेपाल डिस्ट्रिक्ट वर्ष २०२२/०२३का गभर्नर लक्ष्मण लम्सालले नेपालका सबै क्लबहरूलाई बालबालिका संग सम्बन्धित सामाजिक कार्य गरेर मनाउनका लागि एक विज्ञप्ति जारि गरेका थिए । असहाय ,विपन्न र जाेखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान बाट विद्यार्थीलाई पढाइमा सहयोग पुग्ने टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य राजकुमार चाैधरिले बताए ।
किवानिज क्लब टिकापुर k20764 काे आयोजना र किवानिज क्लब ESUN k19511 काे सहयोगमा भएको साे शैक्षिक सामाग्री सहयाेग कार्यक्रममा किवानिज क्लब टिकापुरका पदाधिकारी ,शिक्षक, शैक्षिक सामाग्री प्राप्त गर्ने बालबालिकाका अभिभावकहरुकाे उपस्थिति रहेको थियो ।