लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चुनावमा गर्न नसक्ने केही छैन ,जितेपछि गर्दैनन्

अघिपछि खासै वास्ता नभए पनि चुनावी माहोल छाइरहँदा विकासको चर्चा राम्रै हुने गर्दछ, नेपालमा । विकास राजनीतिक दल तथा उम्मेदवारको सदावहार चुनावी धुन हो । निर्वाचन अभियानलाई विकासे गफ गर्ने महोत्सव मान्दा पनि हुन्छ ।
हिजोआज सबैभन्दा अधिक प्रचलित शब्द हो विकास ।
गाउँघरमा नयाँ बाली वा वस्तुलाई समेत विकासे भन्ने गरिन्छ । जस्तै विकासे मल, विकासे मकै, गहुँ इत्यादि । सायद सबैभन्दा बढी अन्योलग्रस्त अवधारणा पनि विकास नै हो क्यार ।
विकासविद् तथा विज्ञको मुखबाट समेत देश विकासको उत्तम रणनीतिक मार्गको सम्बन्धमा विचित्रका तर्क सुन्न पाइन्छ । प्रायः जसोले टिकापुरका बारेमा कृषि, जलस्रोत, पर्यटन आदिको प्रचुर संभावनाको कुरा गर्दछन् । यदि समय, स्रोत र सामथ्र्यलाई विचार नगर्ने हो भने कोरा संभावनाका अनन्त विकल्प हुनसक्छन् ।
निर्वाचन सामान्यतया पाँचवर्षे कार्यकालको लागि हाे । पाँच वर्ष इतिहासको लागि अति छोटो लाग्न सक्छ तर एउटा व्यक्ति, नागरिक वा मतदाताको लागि एक युग बराबर हो। नेपाली राजनीतिमा समयको र जनताको मतको पटकपटक उपहास हुने गरेको छ । चुनावी घोषणापत्रमा पचासौं वर्षसम्मका कुरा पर्दछन् तर पाँच वर्षको अधिकतम सदुपयोग गर्ने सोचको अत्तोपत्तो भेटिंदैन । चुनावमा बाेलेका कुरामा कर्मकाण्डी भन्दा बढी केही हुँदैनन्, गर्न सकिने बाेल्दैनन, बाेलेका कुरा गर्दैनन् । वास्तवमा विकास कसैले गर्ने भन्दा आफैं हुने कुरा पनि हो, विकास तात्पर्य अपेक्षित परिवर्तन हो । टिकापुरकाे सवालमा सामाजिक सद्भाव भन्ने शब्द निकै प्रयोग हुने शब्द भएको छ ।तथापि सामाजिक सद्भाव कायम गर्न तर्फ कसैलाई चासो भने छैन । तसर्थ यसपटकको चुनावमा निर्वाचनमा चुनावमा बाेल्ने मात्र होइन बाेलेकाे अक्षरस: पालना गर्ने नेतालाई चयन गर्न जरुरी छ । चिप्ला कुरा गरेर भाेट मात्रै माग्ने नेतालाई चिनाैं ।


प्रकाशित : २०७९ कार्तिक १४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप