सत्ति / कैलालीको भजनि नगरपालिकाकाे हिम्मपुर बाट भन्सार विनाको चिनि पक्राउ गरिएको छ ।
छाेटि भन्सार कार्यालय पृथ्वीपुर र विओपि हिम्मतपुरले बिहीबार राति हिम्मतपुर बाट २५ क्विन्टल चिनि पक्राउ गरेको छ ।
भन्सार छलि गरेर नेपाल राति भित्र्याउने बेलामा भन्सार र शसस्त्र प्रहरीको गस्ती टाेलिले चिनि पक्राउ गरेको सत्ति भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम चाैधरिले जानकारी दिए ।
सत्ति भन्सारले पछिल्लोपटक दैनिक जस्तो भन्सार छलि गर्दै गरेको अवस्थामा सामान पक्राउ गर्ने गरेको छ ।
सत्ति भन्सार कार्यालयकाे गाडी लामो समय देखि बाहिर भएकोले गस्तीको लागि अप्ठ्यारो भएको बताइएको छ ।