लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

निर्वाचन आचारसंहिता पालनाका लागि सर्वपक्षीय छलफल

टिकापुर / आगामी मंसिर ४ गते हुन गैरहेकाे निर्वाचनमा आचारसंहिता पालना गराउनमा पत्रकार र नागरिक समाजको भुमिका महत्त्वपूर्ण हुने बताइएको छ । साे कुरा संवाद समूह टिकापुरकाे आयोजनामा शनिबार भएको एक सर्वपक्षीय कार्यक्रममा कैलाली जिल्ला क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताएका हुन । भण्डारीले कैलालि क्षेत्र नम्बर १मा निर्वाचन आचारसंहिता अनुगमनका लागि विभिन्न निकायलाई परिचालन गरिएको बताएका छन् ।
निर्वाचन क्षेत्रमा दलको चुनाव चिन्ह देखिने टाेपि,भेष्ट स्टिकर र ताेकिएकाे संख्या भन्दा बढि -यालि गर्न नपाइने बताएका छन् ।
यसैगरी राज्यका विभिन्न निकायमा लाभका पदमा बसेर निर्वाचनको प्रचारप्रसारमा कर्मचारी ,शिक्षक ,सुरक्षाकर्मी संलग्न भएको भेटिएमा कार्वाही हुने भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघ टिकापुरका अध्यक्ष चक्रपाणि सापकोटाले निर्वाचन आचारसंहिता पालनाका लागि निजी क्षेत्र बाट हुनसक्ने सहयोगका लागि निजि क्षेत्र सदैव तयार रहेको बताएका थिए । निर्वाचन अधिकृत भण्डारीले निर्वाचन आचारसंहिता उल्ङ्घन कहाँ नीर भएको छ पत्रकारले जानकारी दिएर सहयोग गर्नुपर्ने बताएका थिए ।


प्रकाशित : २०७९ कार्तिक २० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप