लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर क्षेत्र नं १ मा को बलियो ?

कैलाली–१ मा नागरिक उन्मुक्तिलाई जातीय मत ,काँग्रेसलाई गठबन्धन र एमालेलाई भेगीय मतको आस
सत्ति / टीकापुर क्षेत्रमा यसपटक कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच रोचक प्रतिस्पर्धा हुँदै छ ।
कैलाली–१ मा २०७४ मा २१ हजारको फराकिलो मतान्तरले टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरीले निर्वाचन जितेका थिए तर जनप्रतिनिधिका रूपमा उनले काम गर्नै पाएनन् । यो क्षेत्र पूरै कार्यकाल सांसद विहीन भयो ।
चौधरीले कारागारबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ यसपटक यहिँबाट प्रतिनिधि सभामा उम्मेदवार छिन् ।
सत्ता गठबन्धनले यसअघि चारपटक जितेर पटक–पटक मन्त्री भइसकेका कांग्रेस नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावललाई उठाएको छ ।
जातीय उत्पीडनको मुद्दासँगै रेशम चौधरीको प्रतिनिधिका रूपमा उनकै श्रीमतीलाई अघि सारेको नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको छ । वडाध्यक्षले पाएको मतअनुसार यहाँ नागरिक उन्मुक्ति पार्टी बलियो हुने देखिन्छ । नागरिक उन्मुक्तिले १७ हजार ९ सय १३ पाएको छ भने कांग्रेस र माओवादीको मत जोड्दा १७ हजार ९ सय ७४ हुन्छ । एमालेले १० हजार ३ सय ३२ मत पाएको थियो । नागरिक उन्मुक्तिले जातीय उत्पीडन, टीकापुर घटनामा निर्दोष थारु समुदायका युवालाई लगाइएको मुद्दा र पिछडा वर्गको अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएको छ । यो क्षेत्र थारूबहुल क्षेत्र भएकाले पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको विरासत जोगाउन सकिने आकलन गरेको छ । पार्टीका प्रवक्ता दामोदर पण्डित यस क्षेत्रका मतदाता अन्यायविरुद्ध गत निर्वाचनमा जस्तै धेरै मतले आफ्ना उम्मेदवार विजयी गराउनेमा ढुक्क रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो लडाइँ जातीय,विभेदका विरुद्धमा , सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्ग र जहिले पनि शासन गर्ने वर्गका बीचको लडाइँ हो ।’
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार पूर्वमन्त्री समेत रहेका रामजनम चौधरीले ०४८, ०५१, ०५६ र ०७० मा यही क्षेत्रबाट जितेका थिए । लामो समय सत्ता र शक्तिमा रहेका उनलाई क्षेत्र र समुदायका लागि केही नगरेको आराेप लागेकाले यसपटक उनको सम्भावना कम रहेको मानिन्छ । तथापि पहिले र अहिलेको परिस्थितिमा निकै भिन्नता रहेको कांग्रेस नेताको दाबी छ ।’टिकापुर क्षेत्र अन्याय ,विभेद भएको क्षेत्र भएकोले र रेशमको पकेट क्षेत्रकाे रुपमा रहेकोले नागरिक उन्मुक्तिलाई विभेद विरुद्ध के थारु के पहाडी सबैले मतदान गर्ने पार्टीका केन्द्रीय सदस्य रमेश वि. क. काे दावी रहेको छ । सबै वर्ग क्षेत्र र समुदायको यसपटकको निर्वाचनमा एकपक्षीय मतदान हुने उनको तर्क छ ।
‘गठबन्धनका उम्मेदवार पनि चौधरी समुदायका नै हुन्,’ उनी पनि बलिया उम्मेदवार हुन नि भन्ने प्रश्नको जवाफमा उनले भने, तथापि उनको विगतका गतिविधि उनी हार्ने कारण बन्नेछ उनलेे भने । यश क्षेत्र बाट थारु समुदायको ८० प्रतिशत मत उन्मुक्तिलाई जाने उनलेे ठाेकुवा गरे ।
उता नागरिक उन्मुक्ति र गठबन्धनका उम्मेदवार बीच जातीय मत विभाजन हुंँदा पहाडी समुदायको एकछत्र मत ल्याएर जित हात पार्ने दाउमा एमाले पनि छ । एमालेबाट उम्मेदवार बनेका तपेन्द्र बहादुर रावल अछामबाट बसाइँ सरेको समुदायका हुन् । यस क्षेत्रमा अछामबाट झरेका मतदाताको संख्या अधिक छ । ०७४ मा यहाँ एमाले उम्मेदवार गरिमा शाहले १३ हजार र रेशम चौधरीले ३४ हजार मत ल्याएका थिए । जातीय आधारमा चौधरी समुदायको मत दुवै उम्मेदवारमा विभाजित हुँदाको फाइदा एमालेलाई भए पनि जित हात पार्न सहज हुन सक्ने तर्क पनि गरिन्छ तर विगतको जस्तो टीकापुर घटनाको रापले पुनः मत ध्रुवीकरण भयो भने उन्मुक्तिलाई कसैले पनि रोक्न नसक्ने देखिन्छ ।’
स्थानीय तह निर्वाचनमा उन्मुक्तिप्रति देखिएको समर्थनलाई साे पार्टीले जोगाउन सक्छ कि सक्दैन भन्ने विषयले जित र हारको निर्णय हुने सर्वसाधारणको आंकलन छ । टीकापुर घटनाको राप अहिले पनि छ, जसले गर्दा यो क्षेत्रमा उन्मुक्तिले जित्ने आंकलन गर्नेकाे तर्क अहिले पनि रहेको छ । उनका अनुसार स्थानीय तहमा देखिएको मत ध्रुवीकरण यसपटक नहोला भन्न सकिँदैन । पुराना पार्टी फेल भएका दल भएकोले ती दलले जनताको मत मात्रै लिएकाे र भ्रष्टाचार लाई प्रश्रय दिएकोले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार टंक ढुंगाना जैशिले दावी गरे ।
गठबन्धन जनताको लागि नभइ कुर्सीका लागि मात्र भएको ढुंगानाको भनाइ रहेको छ । तथापि यो दलको पनि यहाँ प्रभावकारी उपस्थिति रहने अनुमान गरिन्छ ।
यस बाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी , उम्मेदवार स्वतन्त्र उम्मेदवारहरु ललित थापा शिव, विजय मयाल यी उम्मेदवारहरुले पनि गठबन्धन र एमाले का उम्मेदवारलाई नै बढि मतको क्षति हुने देखिन्छ ।


प्रकाशित : २०७९ कार्तिक २४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप