लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सोलुखुम्बुको फुर्के मतदान केन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

काठमाडौं / सोलुखुम्बुमा एक मतदान अधिकृत मृत भेटिएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शनिबार बिहान मृत फेला परेका हुन्।
सर्लाहीको हरिपूर्वा नगरपालिका–६ स्थायी घर भएका ५६ वर्षीया बिल्टु राय नेचासल्यान–५ कै आयुर्वेदिक अस्पतालमा कार्यरत थिए।
प्रेसर र सुगरबाट पीडित राय शुक्रबार राति खाना खाएर सुतेका थिए। बिहान भने सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए।
बिहान ४ जबेतिर अन्य कर्मचारीले उठाउन खोज्दा उनी उठेनन्। उनी मृत भएको पाइएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मुचुल्का उठाइसकेपछि उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने साहले जानकारी दिए।


प्रकाशित : २०७९ मंसिर ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप