सत्ति / टीकापुर उद्योग वाणिज्य संघले यसवर्ष टीकापुर महोत्सव २०७९ को आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । संघले महोत्सव सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महोत्सव सम्पन्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको मूल समारोह समितिका संयोजक सापकोटाले जानकारी दिए ।
जस अनुसार अतिथि सत्कारमा उपाध्यक्ष सन्तोष खड्का, आर्थिकमा उपाध्यक्ष कृष्ण उपाध्याय बजगाई, साँस्कृतिकमा सचिव तपेन्द्र कुँवर र छपाईमा कोषाध्यक्ष लोकेश साउँद संयोजक रहेका छन । अन्य समितिका संयोजकतर्फ सूचना तथा सञ्चारमा प्रकाश उपाध्याय, मञ्च व्यवस्थापनमा पृथ्वीराज ढुंगाना, स्टलमा बमबहादुर ओली, पार्किङ तथा सुरक्षामा नमराज देवकोटा, यातायातमा दुर्गा साहु, ब्यानरमा हेमन्त रावल रहेका छन ।
त्यस्तै रमाईलो मेलामा हंशराज रावल, सूचना तथा प्रविधिमा लालबहादुर चौधरी, कृषिमा टीका शाही, परिसरमा जीतबहादुर चौधरी र प्राथमिक उपचारमा माया बागदास संयोजक रहेका छन । मूल समारोह समितिका संयोजक सापकोटाले महोत्सव सफल पार्न सबैलाई सहयोग का लागि आग्रह गरेका छन । संघले महोत्सवले यस क्षेत्रको ब्यापार व्यवसायमा टेवा पुग्नुका साथै कला संस्कृतिको समेत प्रचार प्रसार हुने बताएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । संघले महोत्सवमा करिव २५० स्टल रहने बताएको छ । ती स्टल बुकिङका लागि खुल्ला गरिएको संघलेकारी दिएको छ ।