सत्ती / अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बागेश्वरी असल शासन क्लब (बास) टिकापुर उप–शाखाको आयोजना शुक्रबार टिकापुरमा वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको हो ।
‘भ्रष्टाचार न्युनिकरणका लागि युवाको भुमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता टीकापुर बहुप्राबिधिक शिक्षालयमा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शिक्षालय प्रमुख पासर खड्का रहेका थिए । उनले भ्रष्टाचार मुक्त समाज निर्माणमा हामी सबैको उत्तिकै भुमिका रहेको बताए । आर्थिक अनियामितता गर्नु मात्रै भ्रष्टाचार नरहेको बताउँदै खड्काले आफ्ना गलत आचरण पनि भ्रष्टाचार रहेको बताए ।
त्यसैले भ्रष्टाचार निर्मुल पार्न हामी सबैले एकजुट हुनुपर्ने बताए । कार्यक्रममा उप–शाखा अध्यक्ष कपिल बिष्टले बास नेपालले भ्रष्टाचार र सुशासनका क्षेत्रमा नितान्त सामाजिक कार्य गरिरहेको र बास देशका ७७ ओटै जिल्ला र अधिकाशं स्थानिय तहमा रहेको बताए ।
टीकापुर बहुप्राबिधिक शिक्षालय र नेपाल लाईफको सहयोगमा सञ्चालन भएकोे वक्तृत्वकला प्रतियोगितामा आश्ना शाख प्रथम, भागेश्वरी जोशी द्धतीय, कलली शाह तृतिय सात्वना अनमोल अयडी भएका छन् ।
प्रतिस्पर्धाका उतकृष्ट प्रतियोगिहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितराण गरिएको थियो । बास उपशाखा सल्लाहकार भिम श्रीपाइलीे, उपाध्यक्ष दिपक न्यौपाने लगायत पाँच सयभन्दा बढी सहभागीहरुको उपस्थिती रहेको थियो ।