सत्ति / सहकारीले शेयर सदस्यकाे साथै सामुदायिक विकासका लागि नाफाको केही रकम खर्च गर्नुपर्ने बताइएको छ । साे कुरा टिकापुर ७ बेलुवा स्थित सुनसुनिया ग्रामीण विद्युत सहकारीको शनिबार सम्पन्न १५ अाैं चुनावी साधारणसभामा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैराले बताएका हुन ।
टिकापुरमा संचालनमा रहेका सबै बैंक ,वित्तीय संस्था र सहकारिहरुलाई आफ्नो कार्य क्षेत्रमा सामुदायिक गतिविधि संचालन गर्नका लागि नगरपालिकाले अनुरोध गरेको स्मरण गराएका थिए । साे कार्यक्रममा सामुदायिक सहकारी सत्तिका अध्यक्ष हरि कार्की ,लक्ष्मी नारायण सहकारी नारायणपुरका अध्यक्ष कपुरसिंह कडायत, दिगो विकास समाज भजनिका सचिव आशा चाैधरि, टिकापुर नगरपालिका वडा नम्बर ७ का सदस्य राजकुमार चाैधरि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीले २४ लाख ४० हजार ५ सय ८१ रुपैयाँ २ पैसाकाे कुल काराेबार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीको साधारणसभा बाट
अध्यक्षमा पुनः पहलवान चाैधरि चयन भएका छन् ।
सहकारीको १५ चुनावी साधारणसभा बाट अध्यक्ष पदमा उनी पुनः चयन भएका हुन् ।
जसको उपाध्यक्षमा रामस्वरुप चाैधरि सचिवमा कालिचरण चाैधरि र काेषाध्यक्षमा पार्वती क्षेत्री चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा अञ्जु चाैधरि,सविता देवी चाैधरि,बमबहादुर चाैधरि,सन्तु चाैधरि थारु र मायादेवी बुढा क्षेत्री रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिकाे संयोजकमा पुर्णलाल चाैधरि रहेका छन् भने सदस्यहरुमा खुशिराम चाैधरि र माेहन विक रहेकाे सहकारीको व्यवस्थापक सुनिता चाैधरिले बताइन् ।