सत्ति / सामाजिक संजाल फेसबुकमा लेखिएको विषयमा राष्ट्रिय युवा संघ नेपाल कैलालीले चासो देखाएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जनक खड्का र नेकपा एमाले कैलालीका जिल्ला सदस्य प्रकाश खड्काले टिकापुर नगरपालिकाले हाटबजार, शिक्षा समिति गठनका विषयमा सचेत नागरिकका हैसियतले फेसबुकमा टिप्पणी गरेकै भरमा मुद्दा चलाउनु गलत भएको आज जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ ।
फेसबुकमा प्रकाश खड्काले हाट बजार ,शिक्षा समिति गठनका विषयमा आफू अनुकूल निर्णय गराउने काम भएको स्टाटस् लेखेका थिए ।
सचेत नागरिकको हैसियतले सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक विषयमा गरेको टिप्पणीलाई प्रहरीमा जाहेरी दिएको विषयमा आफ्नो गम्भीर ध्यान केन्द्रीत भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले मंगलबार एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।
टिकापुर नगरपालिकाका नगर उप प्रमुख जस्तो सार्वजनिक निकायको जिम्मेवार पदमा बहाल व्यक्तीबाट भएको यो कार्यले नागरिकको वाक स्वतन्त्रता माथी प्रहार भएको युवा संघ कैलालीका एक सदस्यले बताए । युवा संघले इलाका प्रहरी टिकापुरमा दर्ता भएको मुद्दा विना सर्त फिर्ता लिन अनुरोध गरेको छ ।
मुद्दा फिर्ता नलिए युवा संघले चरणबद्ध आन्दोलन गर्दै यसकाे सम्पूर्ण जिम्मा सम्बन्धित निकायले नै लिनुपर्ने राष्ट्रिय युवा संघ कैलालीका संयोजक शिवराज चन्द द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।