सत्ति / टिकापुर नगरपालिकाका मेलमिलाप कर्ताकाेलागि न्यायमा सरल पहुँचका लागि अध्ययन अवलोकन भएको छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका मेलमिलाप कर्ताकाे छ दिनको अध्ययन अवलोकन भ्रमण काभ्रे जिल्लाको बनेपा नगरपालिका र धुलिखेल ,भक्तपुरको सुर्यविनायक नगरपालिकाकाे शनिवार सम्म अवलोकन भ्रमण सम्पन्न भएको छ भने आइतबार पाेखरा उपमहानगरपालिका र स्याङ्जाको वालिङ हुँदै बुटवल नगरपालिका बाट भ्रमण सम्पन्न हुनेछ ।
विभिन्न स्थानीय तहको असल सिकाइ र चुनाैतिका बारेमा छलफल हुने टिकापुर नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले बताए । अन्तरक्रिया ,समन्वयले स्थानीय तहको उत्कृष्ट अभ्यास सिक्ने अवसर मिल्ने अधिकृत थापाले बताए ।
सामुदायिक मेलमिलाप कर्ता विशुद्ध समाजसेवा काम भएकोले स्थानीय तहले अध्ययन अवलोकन भ्रमणकाे व्यवस्था गर्ने काम सराहनीय भएको टिकापुर नगर स्तरीय मेलमिलाप कर्ताका सचिव गाेविन्द काेइरालाले बताए ।
भ्रमण बाट सैद्धान्तिक ज्ञान सँगै व्यवहारिक ज्ञान पनि महत्त्वपूर्ण हुने बनेपा नगरपालिकाका न्यायिक समिति सदस्य कल्पना परियारले बताइन् ।
यश प्रकारको अध्ययन अवलोकन भ्रमणले मेलमिलाप कर्तामा उर्जा थप्ने टिकापुर नगरपालिका वडा नम्बर ६ का मेलमिलाप कर्ता कपुरसिंह कडायतले बताए । अवलोकन भ्रमण टाेलिमा मेलमिलाप कर्ता, द एशिया फाउन्डेसनका सुदुर प्रदेश संयोजक , पत्रकार ,नगर प्रमुखकाे सचिवालय ,नगर प्रहरी प्रमुख लगायत गरि ३६ जना सहभागी रहेका छन् ।
न्यायिक समितिले अवलम्बन गर्ने प्रक्रिया ,पद्धति र चुनाैतिहरु पहिचानका लागि टिकापुर नगरपालिकाले अवलोकन भ्रमण गराएको छ । भ्रमणको पाँचौ दिनको वालिङ् नगरपालिकामा पुगेको छ ।