यो वर्ष बिस्तारै तापक्रम घटे सँगै बढी चिसो महसुस गरिएको छ । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । यो यश वर्षको सबैभन्दा कम तापक्रम हो ।
सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको माैसम विदकाे भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक घट्दै जाने तथा तराईका केही भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । तसर्थ यो समयमा बालबालिका ,सुत्केरी , गर्भवती ,वृद्धवृद्धालाई बढी स्याहारसुसारकाे खाँचो हुन्छ । झाेलिलाे तातो खानेकुरा , न्यानो कपडा कतिपय नागरिकको लागि जाेहाे गर्न नसक्ने अवस्थामा पनि छन् ।
यस्का लागि स्थानीय तह, सामाजिक संघसंस्था ,समाजसेवी लगायतको दायित्व हुन आउँछ । सामुदायिक वनले पनि चाेक चाेकमा दाउराको व्यवस्था गरेर उपभोक्तालाई शितलहर बाट बचाउन लाग्नुपर्ने देखिन्छ । यदि जाडो निरन्तर बढ्दै जाने हो भने स्थानीय तहले केही दिन विद्यालय बन्द गर्ने तर्फ पनि साेच्न जरुरी छ ।
पहिले कठ्याँग्रिने जाडो बाट नागरिक बचाअाैं ।