लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सामुदायिक सहकारी सत्तिकाे नेतृत्व हातपार्न दुई प्यानल खडा

सत्ति / टीकापुर ७ सत्ती स्थित सामुदायिक सहकारी सत्तिको नेतृत्व हात पार्नका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेका छन् ।

हिजो खुला सत्र सम्पन्न भए संगै आगामी नेतृत्वका लागि प्यानल सहित दुई समूह खडा भएको छ ।
सहकारीको अध्यक्ष पदमा पल बहादुर बस्नेत र दिपक साउँदले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत भिम महरले जानकारी दिए । यसैगरी उपाध्यक्षमा युक्तराज मल्ल र गाेपिलाल चाैधरि ,सचिवमा कृत ठकुल्ला र मनिराम ढुंगाना ,काेषाध्यक्षमा शंकर केसी र जितराम चाैधरिले मनाेनयन दर्ता गरेको जनाइएको छ ।

यसैगरी संचालक सदस्यहरुमा पुण्डरि प्रसाद उपाध्याय, सुमित्रा देवि चाैधरि ,अनिल कुमार चाैधरि ,कृष्णलाल धमाला, रवि राेक्का ,लक्ष्मी कुमारी चाैधरि, जन्जिर चाैधरि, शैलेश कुमार श्रेष्ठ ,माेहन बहादुर रावल ,पार्वती देवि चाैधरि,रन्जित बुढा , विश्राम कुश्मि र सञ्जा देवि वड, कल्पना चाैधरि ,सन्तोष नेपाली र प्रकाश साउँदले उम्मेदवारी दर्ता गरेकाे अधिकृत महरले जानकारी दिए ।
लेखा सुपरिवेक्षण समिति भने निर्विरोधरुपमा चयन भएका छन् ।

समितिकाे संयोजकमा विरेन्द्र शाह सदस्यमा लिलाराम ढुंगाना र शिवराज पाण्डे चयन भएका छन् ।
सहकारिले यश आवमा १२ करोड १५ लाख ७७ हजार ४ सय ३१ रुपैयाँ निक्षेप संकलन गरि ७१ लाख ४४ हजार ९ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सहकारीको महिला ६ सय ५२ , पुरुष १ हजार २ सय ६२ र संस्थापक ५ जना गरि १ हजार ९ सय १९ जना शेयर सदस्य रहेका छन्।

सहकार्य र समझदारीमा सर्वसम्मतरुपमा नेतृत्व चयनका लागि शेयर सदस्यले दवाव दिएका छन् ।


प्रकाशित : २०७९ पुष १८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप