सत्ति / टीकापुर नगरपालिका वडा नम्बर ३ का दुईवटा सहकारीमा साेमबार राति चाेरि भएको छ ।
वडाको पशुपति ग्रामीण विद्युत सहकारी घिया पुछरि कार्यालयमा रहेको दराज र क्याउन्टरकाे ताला फाेडेर नगद ७५ हजार चाेरि भएको सहकारीका प्रबन्धक प्रमाेद चाैधरिले बताए ।
नगद सहित सिसि क्यामेराकाे डिभिआर पनि लिएको उनले बताए । मंगलबार बिहान साढे ९ बजे कर्मचारीले कार्यालय खाेल्दा ताला फाेरेकाे अवस्थामा रहेको उनलेे जानकारी दिए । यसैगरी साेहि वडाको ओम मनकामना ग्रामीण विद्युत सहकारीमा पनि साेमबार राति नै चाेरि भएको जानकारी प्राप्त भएको छ ।
सहकारीको मुल घर्रा बाट ६० हजार चाेरि भएको सहकारीका प्रबन्धक शिशुपाल चाैधरिले जानकारी दिए । चाेरि गर्ने गिराेहले साे सहकारी बाट पनि सिसि क्यामेराकाे डिभिआर लिएको बताइएको छ । विगत केही दिन यता टिकापुरमा बाइक चाेरि, लुटपाटका घट्ना बढिरहेको देखिन्छ ।