बैदि / हरियाली ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडकाे शुक्रबार १६ अाैं साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भक्तिराम पाण्डेको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि टिकापुर नगरपालिका ७ का अध्यक्ष यज्ञ न्याैपानेले हरियाली सहकारीले राम्रो प्रगती भएको बताउदै भने ‘हरियाली सहकारी आफ्नो खुट्टामा उभिएको बताए यसमा वडाकाे पनि साथ रहनेछ उनलेे भने । सहकारीमा अहिले ३२४ जना शेयर सदस्य रहेका छन । सहकारीले आफ्नै जग्गामा भवन निर्माण गरि शेयर सदस्यलाई सेवाप्रदान गरेको छ ।
सहकारीका लेखापाल मदन साउँदले २०७८/ ०७९काे आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीकाे चुनावी साधारणसभा बाट नरेन्द्र रेग्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोधरुपमा गठन भएको छ । जस्काे उपाध्यक्ष लिला मल्ल ,सचिव डिल्ली पाण्डे ,काेषाध्यक्षमा श्रवण श्रेष्ठ रहेका छन भने सदस्यहरुमा
प्रजिते साउँद,दिल कुमारी चाैधरि, नरेन्द्र ढुंगाना,सेती कला अधिकारी र भान बहादुर पुन रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा जितेन कुमार श्रीपाइलि र सदस्यमा सरस्वती पाण्डे र तिर्थकला न्याैपाने रहेका छन् ।
कार्यक्रममा नन्द बाेहरा ,भिमविक लगायतका विभिन्न वक्ताले मन्तव्य राखेका थिए भने वयोवृद्ध शेयर सदस्य परिवारलाई दाेसल्ला आेढाइ सम्मान गरिएको थियो ।
११ औं साधारण सभाबाट सहकारीले नयाँ शेर सदस्यलाई प्रमाण पत्र दिएर सम्मान गरेको थियो ।