बटनपुर / घरपरिवारको अवस्था सुधार्ने सपना बाेकेर विदेशिएका युवाकाे पहलमा टिकापुरमा फुटबल प्रतियोगिता सुरु भएको छ ।
टिकापुर ८ बटनपुरमा आज आयाेजित माघि मिलन तथा फुटबल प्रतियोगितामा साे जानकारी गराइएको हो ।
वर्तमान समयमा लागु औषधले युवावर्गकाे भविष्य बिगारि रहेको अवस्थामा प्रवासमा रहेका युवाको पहलमा यस्ता कार्यक्रम गरिनु सराहनीय काम भएको कार्यक्रमका प्रमुख अतिथि रहेका टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु ले बताएका थिए ।
सकारात्मक साेच सहित अघि बढेका युवावर्गलाई हरेक क्षेत्रमा अगाडि बढाउन नगरपालिका हरदम तयार रहेको नगर प्रमुख डगाैराले बताए । सगरमाथा युथ क्लब टिकापुर ८ बटनपुरकाे आयाेजनामा सगरमाथा युथ क्लबका अध्यक्ष याेगेन्द्र साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा टीकापुर ७ का अध्यक्ष यज्ञ न्याैपाने , साबिक धनसिहपुर गाबिसका पु्र्व अध्यक्ष जंग बहादुर साउद रहेका थिए । सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, सामाजिक अगुवा मीन बहादुर कठायत ,शेरबहादुर साउँद लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुलेे स्थानिय स्तरमा गरिने खेलकुद आयाेजनाले लागुऔंषधबाट युवालाई जाेगाउने राम्रो काम भएकाे बताउदै प्रवासी नेपाली तथा अन्य सहयोग गर्ने दाताहरू प्रति आभार प्रकट गरेका थिए ।
टीकापुर क्षेत्र लागू औषधले आक्रान्त भएको अवस्थामा नगरपालिका भित्र विभिन्न खाले खेलकुद संचालन गर्नुपर्ने सामाजिक अगुवा झनक तिमिल्सिनाले बताए । आज भएकाे पहिलो खेलमा युनाइटेड एकाडेमि स्कुल र टीकापुर नगरपालिका वडा न ५ नुक्कलीपुर बिच भएकाे खेलमा युनाइटेड एकाडेमी टीकापुरले २–१ ले बिजय भएकाे छ ।प्रतियोगितामा ११ टिमकाे सहभागिता रहेकाे छ । बटनपुर क्षेत्र बाट करिब आधा दर्जन राष्ट्रियस्तरका खेलाडी उत्पादन भएको जनाइएको छ ।
टिकापुर नगरपालिकाकाे दुर्गम क्षेत्र मानिने धनसिंहपुर क्षेत्रबाट प्रवासमा रहने युवाहरुको पहलमा अध्यक्षता एम्बुलेन्स खरिद गरि हाल संचालनमा आएको छ ।