सत्ति / नागरिक उन्मुक्ति पार्टीको वडा अधिवेशन सुरु भएको छ ।
पार्टी स्थापना भए पछि पहिलोपटक वडा अधिवेशन गरिएको छ । पार्टीले टिकापुर नगरपालिकामा साेमबार देखि अधिवेशन सुरु गरेको छ ।
साेमबार सुरु भएको सात नम्बर वडाको अधिवेशन बाट देशराज चाैधरिकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने वडा नम्बर ८ मा प्रकाश चाैधरिकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । भने वडा नम्बर ९ मा रमेश चाैधरिकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता जितबहादुर चाैधरिले जानकारी दिए । आज ( मंगलबार ) टिकापुर नगरपालिका वडा नम्बर ४,५ र ६ मा वडा अधिवेशन भैरहेको नेता चाैधरिले जानकारी दिए ।
वडा अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य प्रदिप कुमार चाैधरि, जिल्ला उपाध्यक्ष उषा चाैधरि लगायतका अन्य नेताहरूकाे सहभागिता रहेको थियो ।