लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सिमा कठरिया पौष महिनाकी उत्कृष्ट पाठक

टीकापुर,/टीकापुर सरोकार समुहले टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढाउन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्ने मध्य उत्कृष्ट एक पाठक लाई प्रतेक महिना रु दशहजार नगद र प्रशंसापत्र सहित दिदै गरेको उत्कृष्ट पाठक पुरस्कार पौष २०७९ का लागि टीकापुर – १, ब्लक नं १४ कि सिमा कठरियालाई आज सरस्वती पूजाका दिन एक बिशेष समारोह बिच प्रदान गरेको छ ।


बिरेन्द्र बिधामन्दिर मावी टीकापुरका पुर्व प्रधानध्यापक एंब साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सिमा कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । तिमिल्सिनाले पढने संस्कृती घटदै गएको बेला सरोकार समुहले पाठकमा अध्ययन तर्फ रुचि बढाउन यो पुरस्कार ब्यबस्था गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो ।

टीकापुर सरोकार समुहको तर्फबाट पौष महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समुहका सदस्य रेवन्त रावलले गर्नु भएको थियो । कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगाएतले बिजेता सिमा कठरियालाई बधाई दिनु भएको थियो । प्रतेक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समुहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यबस्थापन र मुल्यांकन सहयोगमा गत मंसिर महिना देखि प्रदान गर्दै आएको समुहका सचिव नवराज भट्टराईलाई जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७९ माघ १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप