भजनि / नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको सभापतिमा राम नारायण चौधरी निर्वाचित भएका छन् ।
साेमबार सम्पन्न मतदानबाट चौधरी १९० मतसहित विजयी भएका हुन् । मतदान अधिकृत जगदिश पण्डितले दिएको जानकारी अनुसार सभापति पदका अर्का उम्मेदवार नृपबहादुर बोगटीले ११३ मत पाएका थिए ।
कुल ५ सय ८९ मतदाता रहेको रेडक्रस भजनिमा ३सय ३२ मत खसेको थियो भने २९ मत बदर भएको थियो ।
त्यस्तै उपशाखाको महिला उपसभापति शारदा मल्ल,सचिव राम प्रसाद शर्मा, कोषाध्यक्ष चित्र बहादुर साउँद, उपसचिव टेकेन्द्र शाह, उपकोषाध्यक्ष हरि प्रसाद देवकोटा सर्वसम्मतरुपमा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुरेशकुमार चौधरी,सरस्वती चन्द,कविता शाह, सोनपति कुमारी चौधरी र कवि परियार सर्वसम्मत चयन भएकाे नवनिर्वाचित सभापति रामनारायण चाैधरिले जानकारी दिए ।