सत्ति / राष्ट्रिय युवा संघ नेपालले जनताको जिउधनकाे सुरक्षाकाे जिम्मेवारी लिएका सुरक्षाकर्मी बाट नागरिक लाई सार्वजनिक स्थलमा विना कारण दुर्ववहार गरेकोमा मंगलबार एक विज्ञप्ति जारी गरेको छ ।
गत माघ १५ गते टिकापुर उद्योग वाणिज्य संघ द्वारा आयोजना गरिएको टिकापुर महाेत्सवमा मञ्च अगाडि रहेका राष्ट्रिय युवा संघका प्रदेश कमिटी सदस्य तथा एमाले कैलालीका जिल्ला कमिटी सदस्य प्रकाश खड्का माथि इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी हेम बहादुर शाही र उनका अंगरक्षकले दुर्ववहार गरेको भन्दै राष्ट्रिय युवा संघ सुदुर पश्चिम प्रदेश आयोजक कमिटी संयोजक विनय शाह द्वारा हस्ताक्षरित आज जारी गरिएको छ ।
सार्वजनिक स्थलमा व्यक्तिगत पुर्वाग्रह राखि नागरिकको मानमर्दन गर्ने कार्यालय प्रमुख शाही र उनका अंगरक्षक लाई कार्वाहीका लागि युवा संघ नेपालका सुप प्रदेश आयोजक कमिटी संयोजक विनय शाह द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।