लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आमा तिमी मन्दिर

आमा हौ मन भित्रको ढुकढुकी आमा तिमी प्राण हौ,
आमा हौ दिल भित्रको सजिवता आमा तिमी सार हौ,
आमा हौ शिल चेतना हृदयको निर्माणको मूल हौ,
भर्छौ दिव्य कला विभिन्न रसमा उद्घारको तूल हौ ।।
आमा सिर्जनको नवीन सविता सम्मान आराधना,
मेरो ज्ञान विज्ञान हौ मगज हौ नौलो नयाँ कल्पना,
आमा हौ कविको सुरम्य रचना आमा तिमी छ्न्द हौ,
मेरो माथ बहार भै कलममा सौन्दर्य आनन्द हौ ।।
तिम्रो काख बसेर भुल्छु ननिका बिर्सन्छु सारा पिर,
पोखौंला म यहाँ समस्त कविमा राखेर तिम्रो शिर,
आमा ईश्वर हौ यहाँ भुवनकी आमा तिमी मन्दिर,
आफ्ना सन्ततिको खुशी रहरमा तोड्छौ सबै जन्जिर ।।
भोको पेट बसेर भात चटनी सन्तानलाई दियौ,
सह्यौ भोक कसेर पेट पहिले सङ्घर्ष जम्मै लियौ,
कस्ले सक्छ मरेर जीवन दिने आमा तिमी भैरवी,
देवीको पथ पुज्न खोज्छु तब ता सम्झिन्छु तिम्रो छवि ।।
मै हाँसू हरबार त्यो चहकिलो मूहार हाँस्यो भने,
मै बाँचू हर श्वास भित्र जननी मै भित्र बाँच्यो भने,
ठूलो हिम्मत हिड्नसक्छु सहजै विश्वास तिम्रो न हो,
आमा छौ र तिमी भयो निडरता यो आस तिम्रो न हो ।।
कविता छन्द : शार्दूलविक्रीडित
अलख निरन्जन लोहार ,टीकापुर , हाल : भारत


प्रकाशित : २०७९ माघ २३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप