लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कविता : थालौँ कि यी पस्किन

नेपाली करकापले सकलमा बाँच्दैन कैल्यैँ पनि,
राख्छौँ पौरखले निशान बलिया माँस्दैन कैल्यैँ पनि,
मान्छन् विश्व ब्रह्माण्डले विजयको ज्यूँदो कथा गोरखा,
चारैतर्फ यहाँ मिलेर भवमा छन् फैलिएका सखा ।।
नाङ्गो रासलिला भयो अब यहाँ नाङ्गै छ यिन्को मति,
नेता भो अब गन्ध यो मुलुकको हुन्थ्योँ भए ता सति,
जाती धर्म समाज छन् लहडका खेल्छन् भकुण्डा भनी,
भोका छन् जनता तिनै सहरमा नेता त गुण्डा छ नि।।
भो कालो गणतन्त्र यो दिनदिनै के हाल कस्तो भयो
नेता जात बन्यो पिशाच जसरी बेहाल जस्तो छ यो
चिन्ता छैन पटक्क देश अब यो बन्ला कसोरी भनी,
मात्रै प्यास छ चुस्न ती गरिबका पैसा करोडौं गनी
गर्ने काम भनी विदेश भरका फर्के गरौं क्यै भनी,
ज्युँदा लास बने त क्यै सडकमा आगो लगाउँदै छ नि
प्यारो देश थियो हिमाल तलमा दुर्भाग्य कस्तो बन्यो,
यै छन् चोर फटाह छद्म रुपमा नेता म राम्रो भन्यो
जो छन् देश समाजका हित हुने छन् जेल भित्रै सड्यो,
जो छन् बाहिर काम गर्छु म भन्यो सम्पत्ति मन्मा गड्यो,
यस्तै लालच फेरमा मुलुक यो गाह्रो भयो निस्किन,
सुन्छौ ए यमराज लौ यदि भने थालौँ कि यी पस्किन ।।


छन्द : शार्दूलविक्रीडित
अलख निरन्जन लोहार
टीकापुर कैलाली
हाल : भारत


प्रकाशित : २०७९ माघ २५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप