लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

घाेडाघाेडिका प्रशाशकिय अधिकृतको कार्यकक्षमा ताला बन्दि

सुखड, / कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको कार्य कक्षमा तालाबन्दि गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्लाले घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दिपक कुमार आचार्यले नगरपालिका बमोजिमका गतिबिधि गरेको प्रति आपत्ति जनाउदै तालाबन्दि गरेको हो । नगरपालिकामा बिकासका अवसर र सम्भावना हुदाहुदै पनि केहि कर्मचारीका कारण गरिने अमर्यादित तथा अशोभनिय गतिबिधिका कारण सधै नगरपालिका विवादको अखडा बनेको भन्दै तालाबन्दि गरेको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले बताए ।
युवा संघले ११ बुदे माग राख्दै प्रमुख प्रशाशकिय अधिकृतलाई बिज्ञप्ति बुझाएको छ । संघले सरकारी सवारी साधन मनोमानि ढंगले दुरुपयोग गरेको,समयमा गरेको बिज्ञापनलाई आफु अनुकुल नहुदा स्वास्थयको परिक्षा हुदाहुदै बहाना बनाई स्थगित गरिएको,नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको, मनोमानि ढंगले योजना बाडफाड गरी समग्र नगरको गौरवका दिर्घकालिन योजनालाई राष्टिय योजना आयोगमा सिफारिस नगरेको,कार्यलय प्रमुख आफ्नो हैसियतमा नबसि नगरबासिलाई च्यालेन्जिङ शब्द प्रयोग गरि नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको ,नियम अनुसार ठेक्का पट्टा नगरि मनोमानि ढंगले ठेक्का कोटेसनमा लिने दिने र मनोमानि राजस्व उठाउदा समेत एक्सन नलिएको,कर्मचारीको सरुवा हुनु स्वभाविक हो,तर क्वाटर नछोड्नु च्यालेन्ज गर्नु राति राति फोन गरि अरुलाई हैरान पार्नु,विधि विधानमा नबस्नु रमाना नबुझ्नु नैतिक पतन कार्यगर्नु कर्मचारीलाई समयमा तलब भत्ता नदिनु जस्ता कार्यमा ध्यानाकर्ष गरेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मागहरु सम्बोधन नभए सम्म तालाबन्दि नखोलिने जिल्ला संघका अध्यक्ष चन्दले बताएका छन ।


प्रकाशित : २०७९ फाल्गुन ५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!