सत्ति / किवानिज इन्टरनेशनल बालबालिकाको हितमा काम गर्ने संस्था हो । यस अन्तर्राष्ट्रिय संस्थामा नेपालमा १ सय भन्दा बढी क्लब आवद्ध रहेका छन् ।
यिनै क्लबहरु मध्येको एक किवानिज क्लब अफ टिकापुरकाे पदाेस्थापना साेमबार भएको छ । क्लबकाे पदाेस्थापनामा किवानिज नेपाल डिस्ट्रिक्टका किवानियन लिडरकाे सहभागिता रहेको थियो।
किवानिज क्लब टिकापुरकाे अध्यक्ष रुपा शाहीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा किवानिज चिल्ड्रेन फन्ड इन्टरनेशनल प्रेसिडेन्ट फिलिप डेलानाेट, फस्ट लेडि एन्ना भेन सेवरेन,किवानिज डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल ,किवानिज इन्टरनेशनलका ट्रष्टि बाबुकृष्ण कार्की ,किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल ,किवानिज नेपालकाे काेचिफ एडभाइजर दिपक शर्मा पाैडेल, किवानिज नेपालका डिभिजन सेभेनका गभर्नर सुमन श्रेष्ठ
को उपस्थिति रहेको थियो।
किवानिज क्लबका पदाधिकारीहरुकाे उपस्थिति रहेको साे कार्यक्रममा क्लबले गरेको विभिन्न गतिविधिले समाजमा बालबालिकाहरुका लागि सुन्दर भविष्य निर्धारणका लागि काम गरेको किवानिज चिल्ड्रेन फण्डका अध्यक्ष फिलिप डाेलानेटले बताए ।
कार्यक्रममा पुरस्कार तथा सम्मान भएको क्लबका निर्देशक बिरबहादुर चाैधरिले जानकारि दिए । स्थापना भएको छाेटाे समयमै बालबालिकाका क्षेत्रमा धेरै काम गरेकोले किवानिज क्लब टिकापुर आगामी दिनमा उत्कृष्ट क्लब बन्ने दावी फण्डका अध्यक्ष फिलिपले बताए । साेहि अवसरमा किवानिज क्लब टिकापुर र जानकि गाउँपालिका बिच छात्रावास निर्माणका लागि सम्झौता सम्पन्न भएको थियो ।
जानकि गाउँपालिकाले जमिन निशुल्क उपलब्ध गराउने र साे जमिनमा असहाय बालबालिकाका लागि आवासीय विद्यालय,पुस्तकालय ,हल बनाउन किवानिज क्लब टिकापुर किवानिज क्लब काठमाडौ इसुन र काठमाडौ क्लासिकले पहल गर्ने सम्झौता भएको किवानिज क्लबका सचिव सर्पराज साउँदले जानकारी दिए । साेहि वडाका सुकुम्बासी शिविरका बालबालिकालाई खेल सामाग्री पनि वितरण गरिएको थियो ।
१०७ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल भइ बालबालिकाकाे क्षेत्रमा काम गर्नु गर्वको कुरा भएको साउँदले बताए ।