सत्ति– ईलाका प्रहरी कार्यालय टिकापुरले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ईप्रका टिकापुरको नयाँ प्रहरी प्रमुख भएका आएर प्रहरी नायब उपरीक्षक (डिएसपी उद्दब भाटले बुधबार यहाँ स्थित पत्रकार संगकाे परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा यहाँका क्रियाशील पत्रकारहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा उपस्थित पत्रकारले टिकापुर क्षेत्र हुने गरेको लागू औषध नियन्त्रण र शान्ति सुरक्षा अमनचयन कायम गर्न विशेष आग्रह गरे । लागु औषध प्रयोग तथा बिक्री बढ्दै गएकाले यसको नियन्त्रण गरिनुपर्ने बताए ।
डिएसपी भाटले आएका सुझाव अनुसार आफूले काम गर्ने बताए । उनले स्थानीयको सहयोग बिना काम गर्न सहज नहुने बताए । उनले आफुले टीकापुर प्रहरीको कमाण्ड सम्हालेको २२ दिनमा विभिन्न प्रकृतिका १४ जना उपर मुद्दा चलाइएको जानकारी दिए ।
गत माघ २५ गतेदेखि उनले इप्रका टीकापुरको कमाण्ड सम्हालेका हुन् ।
उनले १० जना उपर लागुऔषध, ३ जनामाथि सार्वजनिक अपराध र १ जना उपर बैङ्किङ्ग कसुर अन्तरगत मुद्दा चलाइएको र २ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत जिम्मा लगाइएको जानकारी दिए । डीएसपी भाटले यस अवधिमा राति शङ्कास्पद गतिविधिमा संलग्न व्यवहार देखाउने विभिन्न १७४ जनालाई नियन्त्रणमा लिइ सम्झाइ बुझाइ छाडिएको बताए ।