लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।

सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विश्वासको मतका विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरे । साभार : कान्तिपुर


प्रकाशित : २०७९ फाल्गुन २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप