सत्ति– टिकापुर नगरपालिका वडा नम्बर ७को सत्तिमा रहेको पुरातात्त्विक महत्त्व बाेकेकाे पद्म प्रकाशेश्वर मन्दिरको आयोजनामा महायज्ञ हुने भएको छ ।
यहि चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमत भागवत भक्ति संगत अनुष्ठान २०७९ हुने भएको महायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए ।
परापुर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्ष पछि पुनः महायज्ञ गरिन लागेको अध्यक्ष कायस्थले जानकारी दिए ।
समस्त लाेकका जिव जिवात्मा र राष्ट्रकाे शान्ति ,पितृहरुकाे माेक्ष र कैलाश मार्गको पहिलो द्वारका रुपमा रहेको पद्म प्रकाशेश्वर मन्दिर लाई शिवशक्ति धामकाे रुपमा विकास गर्नका लागि महायज्ञ आयोजना हुन लागेको उनलेे जानकारी दिए । प्रमुख वाचक आचार्य सुश्री अनुराधा जि हुने उनलेे जानकारी दिए ।