टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित पद्म प्रकाशेश्वर महादेव मन्दिर जिल्लाकै एक पुरातात्त्विक महत्त्वकाे धाम हो । यस क्षेत्रकै मुख्य धार्मिक गन्तव्यका रुपमा विकसित गर्न यस मन्दिर काे महत्त्वलाई थप प्रचार प्रसार गर्न , शिवशक्ति धामका रुपमा विकास गर्न ,ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र भवन निर्माण ,मन्दिरको हाल रहेको जमिनको क्षेत्र विस्तार गर्न , कैलाश मानसरोवर जाने मुख्य र छाेटाे दुरिकाे मार्गका रुपमा विकास गर्न मन्दिर व्यवस्थापन समितिले यही मिति २०७९ साल चैत ८ गतेदेखि १५ गते सम्म श्रीमद भागवत भक्ति सत्संग अनुष्ठान २०७९ महायज्ञ आयोजना गर्न गैरहेकाेले मन्दिरको विकासका लागि ,क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि गरिन लागेको यश प्रयासलाई सबैले आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आवश्यक छ ।
महादेव मन्दिरको नजिकै रहेको जमिन खरिदका लागि गरिन लागेको महायज्ञ सफल भएमा नेपाली लगायत भारतीय धार्मिक पर्यटकको चहलपहलले पनि यहाँको विकास र समुन्नतिका लागि ठूलो सहयोग हुनेछ ।
देशको वर्तमान आर्थिक अवस्थाका कारणले दाताहरुले खुलेर सहयोग गर्न नसके तापनि हरेक घरघर बाट मानाे ,मुठि ,एउटा माला र गच्छे अनुसारको नगद भेटि मात्र लिएर सहभागी हुनु पनि ठूलो सहयोग हो । धेरै दान गर्ने खाता मात्र सम्मानित हुने , ठूलो रकमको सहयोग मात्रै सहयोग होइन , सनातन धर्मको सबै तिर बाट प्रहार र क्षय हुँदै गरेको अवस्थामा यो महायज्ञ सबैलाई जाेड्ने अनुष्ठान बन्न सकाेस् शुभकामना ।।