टीकापुर / टिकापुर सरोकार समुह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा गत मंसिर बाट संचालित उत्कृष्ट पाठक पुरस्कार कार्यक्रमको चौथो महिना फागुन २०७९ को पुरस्कार नवीन शाहले प्राप्त गरेका छन ।
फागुन महिना भरी पुस्तकालयमा आइ अध्ययन गर्ने १५३ पाठक मध्ये उनले कुल ८४ घन्टा १४ मिनेट अनुशाशित भइ अध्ययन गरेका थिए । टिकापुर नगरपालिका – १ निवासी शाह बिएससी कृषि बिज्ञानको प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी हुन । शाहलाई सम्मान स्वरुप रु १०,०००/- (दस हजार ) नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
उत्कृष्ट पाठक पुरुस्कारको यो चौथो शृङ्खला शुरेश मणि त्रिपाठीले आफ्ना पिताजी बुद्दीसागर मणि त्रिपाठीको सम्मानमा सौजन्य गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकारको नजरमा टिकापुर सामुदायिक पुस्तकालय ,सेवा , प्रभाव र प्रचार प्रसारका बारेमा टिकापुर क्षेत्रमा कार्यरत पत्रकार संग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । पत्रकार मातृका तिमिल्सिना प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए ।