मोहित श्रीपाइली,सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ । ८ नम्बर वडाका २७ वर्षका पवन आउजि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ ।
घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयकाे भनाइ रहेको छ । घाइते आउजिकाे दायाँबायाँ हात र बायाँ कानमा चिथाेरेकाे एक स्थानीयले जानकारी दिए ।
बाघले आक्रमण गर्दा हाेहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ । नेपाल भारत सिमा नजिकैको ७००/ १/९९ पिलर नजिक नेपाल तर्फ आक्रमण गरेको बताइएको छ ।
बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ । साथै विआेपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।