सत्ती/ जाजरकोट तल्लुबगरमा भेरी नदि माथी निर्माणाधीन मोटरेबल पुल भाँचिएको छ । उक्त पुल भाँचिदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।
बैशाख ७ गते बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोट र डोल्पा जोड्न निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सख्त घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ भने अन्य बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।