लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरकाे सत्तिमा अक्षय तृतीया पर्व मनाइयाे

माेहित श्रीपाइली / आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

यस अवसरमा टिकापुरकाे सत्ति स्थित पद्म प्रकाशेश्वर मन्दिरमा पनि आज दर्शनार्थीहरुको पूजा आराधना गर्दै र बटुवाहरुलाइ सर्वत र महाप्रसाद खुवाएर मनाइएको छ । आजकै दिन महादेव र देवी पार्वती को विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरका पुजारी ईश्वरी दत्त मिश्रले बताए ।

यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । अक्षय तृतीयामा पुरोहित तथा दुखिलाई शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ । मन्दिर व्यवस्थापन समिति ,स्थानीय ,भक्तजनकाे सहयोगमा करिब दुई सय यात्रुलाई सातु र सर्वत वितरण गरिएको मन्दिर व्यवस्थापन समितिकाे सदस्य कविता चाैधरिले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिईन् ।

अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खाने परम्परा रहेको पनि छ ।


प्रकाशित : २०८० बैशाख १० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप