लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी खक्राैलाले पक्रियो तस्करी हुँदै गरेको छ लाखको सामान

खक्राैला / सशस्त्र प्रहरीले कम्तीमा छ लाखको सामान सामग्री विओपि खक्राैला स्थित सशस्त्र प्रहरीले बरामद गरेको छ।

विओपि खक्राैलाका डिएसपी जंग बहादुर कुँवर का अनुसार टिकापुर ८ अर्नवाफाँटा नजिकै बाट विना भन्सारका सामग्री बरामद गरिएको हो ।कुँवरका अनुसार गएराति समातिएको सामानकाे परिमाण जाँच्ने काम भैरहेकाे बताए ।

भन्सार विनाको सामान भारतीय बजार बाट नेपाल छिर्ने क्रममा समातिएको बताइएको छ । तथापि सामान ओसारपसारमा संलग्न लाई भने समातिएको छैन। विशेष सुचनाकाे आधारमा साे सामान समातिएकाे बताइएको छ । हार्डवयर र ठूलो परिमाणमा कपडा रहेको स्थानीयले जानकारी दिए ।

पक्राउ परेका सामग्री सत्ति भन्सार कार्यालयमा बुझाउने तयारी भैरहेको विओपि खक्राैलाले जानकारी दिएको छ । सत्ति भन्सारका केही कर्मचारीले भन्सार गर्न आएका व्यापारीलाई राजस्व बाहेकको अतिरिक्त रुपैयाँ माग्ने गरेको व्यापारीकाे गुनासो रहेको छ । लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको भन्सारका प्रमुख भने कार्यालय बाहिर रहेकाे स्थानीयले जानकारी दिए ।


प्रकाशित : २०८० बैशाख १४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप