खक्राैला / शसस्त्र प्रहरीले सिमानाका खक्राैला बाट ठूलो परिमाणमा सामान समातेको छ।
विअाेपि खक्राैलाका डिएसपी जंग बहादुर कुँवर का अनुसार टिकापुर ८ अर्नवाफाँटा बाट विना भन्सारका सामग्री बरामद गरेको हो।
कुँवरका अनुसार समातिएको सामान ९ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरकाे रहेको बताए ।
भन्सार विनाको सामान अर्नवाफाँटा नजिकैको जिराे प्वाइन्ट बाट समातिएको भारतीय बजार तिकुनियाँ बाट बिहीबार बिहान ५ बजे नेपाल छिर्ने क्रममा समातिएको उनलेे बताए । ठूलो परिमाणमा कपडा रहेको स्थानीय डिएसपी कुँवरले जानकारी दिए । सर्टिङ ,सुटिङ ,साडी ,धाेति ,दुपट्टा आदि रहेको उनलेे जानकारी दिए ।
पक्राउ गरेको सामान सत्ति भन्सार कार्यालयमा आवश्यक कार्वाहीका लागि सशस्त्रले बुझाएको छ ।
सत्ति भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलनमा कमि आउनुमा तस्करी नियन्त्रण हुन नसक्नु रहेकाे स्थानीयकाे भनाइ छ ।