विनोद चाैधरि / दुर्गौली,अपाङ्ग शसक्तिकरण एवं संचार केन्द्र डेक नेपाल कैलालीको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट संस्थाको ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको अध्यक्षमा विष्णु रुपा आचार्य, उपाध्यक्ष गंगा चौधरी, सचिव टेकराज जैशी, सहसचिव अर्जुन रावल, कोषाध्यक्ष मनु संज्याल र सदस्यहरुमा कमला टमट्टा, रमेश चौधरी, अशोक चौधरी र ललिता टमट्टालाई सर्वसम्मतरुपमा चयन गरिएको छ । डेक नेपाल बाँकेका कार्यक्रम अधिकृत धिरेन्द्र वि.क.ले मुलुकको परिवर्तनका हरेक कार्यमा सक्रिय योगदान पुर्याएका अपाङ्गता भएका व्यक्तिलाई घर परिवार गाउँ समाज राजनीतिक दल, तीनै तहका सरकार कसैले पनि सम्मानित ढंगबाट समावेशीकरण नगराउँदा अपाङ्गता भएका व्यक्तिले अझै पनि विभिन्न समस्या व्यहोरी रहेको बताए ।
उनले भने–अपाङगता भएका व्यक्तिलाई आत्मनिर्भर, सक्षम बनाउन, तीनै तहका सरकार, संघ सस्था, दातृनिकाय र नागरिक समाजको ध्यानाकर्षण गराएर डेक नेपालले चलाएको अभियान छ त्यसलाई सफल पार्न सरोकारवाला लाई घच्घच्याई रहनेछौं । त्यसका लागि एकता, सरोकारवालाको पहिचान, घर परिवारका बिचमा सहयोग समन्वय सदभाव र सहकार्य र उनीहरूसँग छलफल गरेर नीति निर्माण गरेर सहकार्य गरेर अघि अभियानलाई सफल पर्ने छौं ।’
डेक नेपाल बाँकेका संस्थापक सचिव टेकराज जैशीले कैलालीका सबै पालिकामा शाखा विस्तार गर्ने योजना रहेको बताए । अपाङ्गता भएका व्यक्ति लाई घर परिवार गाउँ समाजले हर्ने दृष्टिकोणमा समय सापेक्ष परिवर्तनका लागि मानव अधिकार, विकास, मानवीय सम्वेदनासँग जोडेर नीति नियम कानून, कार्यक्रम तथा अन्य विकासका संरचनार अपाङ्गमैत्री नहुँदा समस्या हुने गरेको बताए ।
अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको सहजरुपमा उपभोगका लागि सम्मानीत र मर्यादित जीवन यापनमा अधिकारको सुनिश्चितता तथा दिगो विकासका लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय विकासको मूल प्रबाहमा अपाङ्गता भएका ब्यक्तिका सामाजिक, आर्थिक, राजनितिक एवं सास्कृतिक अधिकारको प्रत्याभुति सहित सबै प्रकारका वातावरणीय अवरोधको अन्त्य गर्दै अपाङ्गमैत्री ब्यवस्थाको लागि सहकार्य समन्वय र सहयोगको आवश्यकता रहेको सचिव जैशीले बताए ।
उनले अपाङग भएका ब्यक्तिलाई गरिने व्यवहार सहानुभुति, अबको दिनमा मागेर हैन लडेर अब्बल बन्नुपर्ने, आफ्नो पक्षमा छैन भने वहिष्कार समेत गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी कार्यक्रममा सहभागि अशोक चौधरीले गाउँपालिका भित्र रहेको हरेक वडामा, टोलटोलमा रहेको अपाङ्ग भएका ब्यक्तिको तथ्याङ्क संकलन गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सभाध्यक्ष डेक नेपाल कैलालीका अध्यक्ष आचार्यले समापन गर्दै अपाङ्गता भएका ब्यक्तिको सबैभन्दा ठुलो समस्या पहिचान र त्यसपछि पहुँचको रहेको बताइन् । संस्थाले हाल सम्म कैलालीको जानकी गाउँपालिकाका सबै वडा हरुमा अपाङ्गता भएका ब्यक्तिहरुको समिति गठन, हरेक वडामा गाउँपालिका स्तरको संजाल गठन, जनचेतनामुलक कार्यक्रम, सहायक सामाग्री प्रदान गरेको, विद्यालय भर्ना अभिायन, अपाङ्गमैत्री भौतिक संरचना निर्माणका लागि स्थानिय सरकार सँग अन्तरक्रिया, संजालका सदस्यलाई क्षमता अभिबृद्धि तालिम संचालन गरिसकेको छ ।
केन्द्रिय कार्यालय बाँके जिल्लाको कोहलपुरमा रहेको डेक नेपाल हाल कैलाली, सुर्खेत, दाङ रुकुम, सल्यान, दैलेख, स्याङजा लगायतका जिल्लामा क्रियाशिल रहेको छ ।
डेक नेपालले अपाङ्गताका क्षेत्रमा विभिन्न पक्षमा सहयोग समन्वय जुटाउँदै आएको छ ।
कार्यक्रम अपाङ्ग शसक्तिकरण एवं संचार केन्द्र डेक नेपाल कैलाली जानकी गाउँपालिका वडा नम्बर १ दुर्गाैली कैलालीको आयोजनामा भएको कार्यक्रममा डेक नेपाल कैलालीका अध्यक्ष विष्णु रूपा आचार्यको सभाध्यक्षतामा भएको थियाे भने कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका उपाध्यक्ष लालमति कठरिया, विशिष्ट अतिथि कार्यक्रम अधिकृत धिरेन्द्र वि.क., डेक नेपाल बाँकेका संस्थापक सचिव टेकराज जैशी रहेका थिए । स्वागत संस्थाका उपाध्यक्ष गंगा चौधरीले गरेको कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश चन्दले गरेका थिए ।