टीकापुर / टीकापुर घटनामा संलग्न भएको भन्दै ७ वर्ष आगाडि सिताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो जबकी उनी खसी-बोकाको मासु टिकापुरका होटलमा बेच्न जाने गर्दथे ।
सधैं जस्तै घटना भएको दिन पनि मासु लिएर टिकापुर जाँदा प्रहरीले पक्राउ गर्यो र आफु किन पक्राउ परेका कुरा पनि थाहाँ भएन्। उनि थुनामा गए पछि मात्रै आफु टिकापुर घटनामा पक्राउ गरिएको कुरा थाहाँ भयोे र ७ वर्ष पछि सिताराम चौधरीलाई अदालतले निर्दोष सावित गरेको छ। हिजो उनि जेलबाट छुटेपछि आफु निर्दोष भएर होला एक शब्द पनि बोलेनन् न त खुसी नै थिए, आँखा भरि आशु थियो। उनि जेलमा हुँदा परिवारले पाएको अभिभावक नहुँदाको पिडा तथा छोराको पढाईमा पारेको असर आखिर कसले बेहोर्ने? श्रीमतीको अथक प्रयास पछि उनि जेलमुक्त भएका छन्।
निर्दोष रहेको आफ्नो श्रीमानलाई ७ वर्षसम्म जेल राखेकोमा आक्रोशीत हुदै श्रीमती भनिन् “सर्बोच्च अदालतले निर्दोष सावित गरेको छ, अब राज्यले क्षतिपूर्ति दिनु पर्छ”। सिताराम चौधरी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् उनि जस्ता कयौं निर्दोष व्यक्तिको मुद्दा समयमा फैसला नहुदाँ अहिले पनि जेल जीवन बिताएका छन्।