टीकापुर / टिकापुर बहुप्राबिधिक शिक्षालय विद्यार्थी कल्याण समिति द्वारा सर्पको टोकाई सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रमको सभाअध्यक्ष बिध्यार्थी कल्याण समिती अध्यक्ष कपिल बिष्ट रहेका थिए भने प्रमुख अतिथी टिकापुर बहुप्राबिधिक शिक्षालय क्याम्पस उप प्रमुख सुशिला शर्मा रहेकि थिइन् । सचेतना कार्यक्रमका सहजकर्ता लक्ष्मण उपाध्यक्ष (Msc zoology Tu ) अतिथीमा शिक्षालयका विभिन्न बिभागका प्रमुख , प्रशिक्षक र सह-प्रशिक्षक रहेका थिए । कार्यक्रमको संचालन बिद्यार्थी कल्याण समिती सचिव उमेश रावल रहेका थिए ।
कार्यक्रममा बिश्वमा पाईने सर्प र विशेषगरी नेपालमा पाइने सर्पको बारेमा जानकारी प्रदान गरिएको थियो । सर्पलाई कसरी सुरक्षीत रहने , सर्पलाई कसरी पहिचान गर्न सकिन्छ र कुन सर्प कति बिसालु हुन्छ भन्ने बिषयमा जानकारी प्रदान गरिएको थियोे ।
सर्पलाई कसरी सुरक्षीत रहने , सर्पलाई कसरी पहिचान गर्न सकिन्छ र कुन सर्प कति बिसालु हुछ भन्ने बिषय मा जानकारी दिनु भयो । बिद्यार्थी कल्याण समितिले प्रशिक्षक लक्ष्मण उपाध्यायलाई योगदान स्वरुप सम्मान गरिएको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथिले कार्यक्रम आयोजना गरेकोमा बिद्यार्थी कल्याण समितिलाई धन्यवाद दिनु भएको थियो र आगामी दिनमा पनि बिद्यार्थी को हकहितमा काम गर्न सुझाव दिएका थिए। कार्यक्रममा करिब २०० जनाको उपस्थिति थियो ।