खक्राैला / टिकापुरकाे खक्रौला स्थित सती भन्सार कार्यालयमा क्वारेन्टाइन पुनःस्थापनाका लागि पहल थालिएको छ । टिकापुर उद्योग वाणिज्य संघको पहलमा मंगलबार भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन पुनःस्थापनाका लागि भन्सार कार्यालयमा ध्यानाकर्षण सहित पाैने घण्टा तालाबन्दी गरिएको टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले जानकारी दिए ।
२०७५ असार २० गतेको नेपाल सरकारको निर्णय अनुसार यो भन्सार मुल भन्सारमा स्तरोन्नति भएता पनि प्लान्ट क्वारेन्टाइनकाे सेवा भने प्रवाह नहुँदा खाद्यान्न ,तरकारी र फलफूल पैठारीकाे काम हुन सकेको छैन । क्वारेन्टाइन पुनःस्थापना नहुँदा व्यापारीलाई समस्या भएको र राज्यले विभेद गरेको नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य हेमराज गिरिले बताए ।
राज्यले यथाशीघ्र क्वारेन्टाइन पुनःस्थापना नगरे चरणवद्द आन्दोलनमा उत्रने गिरिले बताए ।
क्वारेन्टाइन पुनःस्थापनाका आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने सत्ति भन्सार कार्यालयका प्रमुख तिर्थराज पासवानको भनाइ रहेको छ ।
भन्सार कार्यालयमा तालाबन्दी गर्नु भन्दा टिकापुर बाट प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई दबाब दिनुपर्ने स्थानीय सुरेश खड्काकाे भनाइ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत जानुपर्ने उनको भनाइ छ ।
छाेटि भन्सारको रुपमा रहेको सत्ति भन्सार मुल भन्सार भएको सुरुवात देखि नै यस क्षेत्रका बासिन्दाले प्लान्ट तथा पशु क्वारेन्टाइन स्थापनाका लागि माग गर्दै आएका छन् ।
मुल भन्सार भएर पनि क्वारेन्टाइन नहुँदा व्यवसायीहरू धनगढी वा नेपालगन्ज जानूपर्ने बाध्यता रहेको छ ।