लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अत्तरियाकी अस्मी माथी आफ्नै साथिको षड्यन्त्र , कोठामा बोलाएर केटाको जिम्मा

कैलाली/कैलालीको गोदावरी नगरपालिका-४ अत्तरियामा बस्दै आएको बोहरा परिवार अहिले भावह्विल बनेको छ। परिवारले छोरी गुमाएको ६ दिन पुगेको छ। तर, उनीहरुका आँसु थामिएको छैन।

कलिलै उमेरकी एक मात्रै छोरी गुमाएपछि क्यान्सर पीडितसमेत रहेका उनका बुवा भक्तबहादुरलाई के गरौं कसो गरौं भइरहेको छ। एसईई पास गरेपछि उनले छोरी अस्मीलाई अध्ययनका लागि नेपालगन्ज पठाएका थिए। उमेरले १७ मात्रै पुगेकी अस्मी त्यहाँ होस्टेलमा बस्दै आएकी थिइन्।

६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी अहिले बितेको ६ दिन भएको छ। परिक्षा सकेर घर आएकी उनी असार ९ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनले लिएको त्यो निर्णयले बोहरा परिवार अचम्मित परेको थियो।

पढन पठाएकी छोरी घर आएर किन आत्महत्या गर्न बाध्य भइन् भन्ने राज बिस्तारै खुल्दै छ। अस्मीकी दिदी(फुपुकी छोरी) राधाका अनुसार नेपालगन्जमा पढ्दा उनको भेट लक्ष्मी खड्कासँग भएको थियो। सँगै पढ्ने लक्ष्मी भाडाको कोठामा बस्दै आएकी थिइन्। गत जेठमा आफुलाई पढाईमा सहयोग गर्न भन्दै लक्ष्मीले कोठामा बोलाएको अस्मीले दिदी राधालाई बताएकी थिइन्।

‘आत्महत्या गर्नुभन्दा अगाडि बहिनीले मलाई आफुसँग त्यो दिन भएको घटनाबारे बताएकी थिइन्। लक्ष्मीले पढ्न आउन भनि झुक्याएर कोठामा बोलाएको र त्यही घरमा बस्ने दिलेन्द्र शाहीले कोठामै आएर बलात्कार गरेको उनले बताएकी थिइन्’ राधाले भनिन्।

राधालाई अस्मीले घटनाको वृतान्त सुनाएकी थिइन्। त्यो दिन राति सँगै सुतेकी साथी बिहान उठ्दा थिइनन्। तर बिहान उठ्दा दिलेन्द्र भने सँगै थिए। राति सुत्नुअघि लक्ष्मीले चिउरा खान दिएको र त्यसले आफुलाई उल्टी भएको अस्मीले दिदीलाई बताएकी थिइन्। सामान्य चिनजान भएको केटाले उक्त दिन आफुलाई बलात्कार गरेको भेउ पाएपछि अस्मीको मनोविज्ञान खलबल भएको थियो।


प्रकाशित : २०८० असार १४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप