लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गाउँपालिका उपाध्यक्षको किर्ते हस्ताक्षर गरेर ७ लाख झ्वाम

बाँकेको जानकी गाउँपालिका मिलेमतोमा उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरी सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन थालेको रहस्य खुलेको छ ।

जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफ्नो किर्ते दस्तखत गरी भ्रष्टाचार गर्न थालेको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा कारबाहीका लागि निवेदन दिएकी छन् । 

उपाध्यक्ष यादवले प्रहरीले आफ्नो निवेदनसहितको फाइल राखेको तीन दिन बित्दा पनि दर्ता गरी छानबिन गर्नुपर्नेमा उल्टो किर्ते गरी भ्रष्टाचार गर्नेहरुलाई ढाकछोप गरेको दाबी गरिन् । ‘किर्ते दस्तखत गरेर बजेट पास गर्न खोजेका थिए । लेखाबाट फाइल तानेर राखेकी छु,’ उनले भनिन् ।

गाउँपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते गरी भ्रष्टाचार गर्न थालेको रहस्य खुलेको थियो ।

संयोजकको किर्ते दस्तखत गरिएको प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेलको दस्तखत छ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने दस्तखत गरेका छैनन् ।

उपाध्यक्ष यादवले प्रहरीले समेत भ्रष्टाचारीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् । ‘जिल्ला प्रहरी कार्यालयका प्रमुखले त कुनै चासो दिएनन् । म दुई दिन धाइसकें । स्थानीय सरकारको जनप्रतिनिधिलाई त प्रहरीले यसरी झुलाउँछ । अरु सामान्य जनतालाई के वास्ता गर्ला ?’ उनले भनिन् ।

तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले उनीहरुले भने जस्तो नहुने तर आफ्नै ढंगले कारबाही गर्ने प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले गाउँपालिकामै पुगेर किर्ते गरी रकम भुक्तानी लिन खोज्ने भ्रष्टहरुमाथि कारबाही गर्न निर्देशन दिएको पालिकाका कर्मचारीले जनाएका छन् ।


प्रकाशित : २०८० असार २८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप