टीकापुर / भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनियाँबाट पक्राउ परेका छन । भारतीय प्रहरीले उनीहरुको साथबाट ३६ लाख भारतीय रुपैयाँ , साढे ४०० ग्राम सुन र ४ किलो चाँदि बरामद गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ४८ वर्षिय शंकर मानसिंह साउँद र उनकी श्रीमती वर्ष ३५ पार्वती साउँदका साथै बर्दियाका २५ वर्षिय सुनिल चौधरी (विनोद कुमार ) रहेका छन ।
उनीहरुले भारतको हैदराबादबाट चोरी गरेर आएको बताईएको छ । चोरी पछि उनीहरु फरार भई भारतको हैदरावाद देखि नेपाल आइरहेका थिए । नेपाल आउने क्रममा ७० बटालियन बरसौला एस.एस.बी ‘बी’ का प्रहरीलेउनीहरुलाई तिकुनियाँबाट पक्राउ गरेको हुन ।
आज बिहान ३ करोड रुपैयाँ र १५ किलो सुन भन्ने समाचार बाहिर भनिएता पनि ३६ लाख रुपैयाँ , साढे ४०० ग्राम सुन र ४ किलो चाहिँ रहेको विशेष स्रोतले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिएको छ ।