लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा बाघको छाला सहित दुई पक्राउ

सत्ति / कैलालीमा बाघको छाला सहित दुई पुरुष पक्राउ परेका छ्न । उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाई २ फिट ४ इन्च चौडाई र ७ फिट ३ इन्च लम्बाई २ फिट चौडाई भएका दुइटा बाघको छाला बरामद भएको जानकारी प्राप्त भएको छ ।

बिहीवार राती १० बजे कैलालीकाे गोदावरी नगरपालिका वडा नं.२ रिङरोड स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुरबाट खटिएकाे टोलि र ई.प्र.का.मालाखेतिबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले विषेश सुराकीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेती नजिकैबाट बाघको ( चितुवाको )छाला सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका २ का ६५ वर्षिय देव सिंह बिष्ट र पाटन नगरपालिका ८ का ३० वर्षिय हर्क बहादुर बिष्ट रहेका छन । प्रहरीका अनुसार पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुरले जनाएको छ ।


प्रकाशित : २०८० श्रावण ५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप