विनय कुश्मि,काठमाडौ / आगामी भदौ चार गते काठमाडौमा हुने एघारौं संस्करण भव्यरुपमा मनाइने भएको छ ।
आज( साेमबार ) काठमाडौंकाे भृकुटीमण्डपमा हुने राष्ट्रिय गुरहि पर्व भव्यरुपमा मनाउनका लागि आयोजना भएको एक भेलाले चम्पा चाैधरिकाे अध्यक्षतामा एक समिति गठन गरिएको छ ।
भेलाले थारु समुदायको गुरही पर्वलाई काठमाडौं उपत्यकामा राष्ट्रिय स्तरको भव्य र सभ्य रुपले अग्रासन महिला समुहको संयोजन एवं थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा मनाउने निर्णय गरिएको हो ।
१७ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ । जस्काे विभिन्न आर्थिक उपसमिति , व्यवस्थापन उपसमिति ,प्रचारप्रसार उपसमिति ,मञ्च व्यवस्थापन उपसमिति ,साँस्कृतिक उपसमिती,लेखा उपसमिती ,सल्लाहकार उपसमिति,स्वयंसेवक र फोहर व्यवस्थापन उपसमिती गठन गरिएको छ ।
मुल आयोजक समितिका सदस्यहरु :
संयोजक : चम्पा चौधरी
उप-संयोजक :दिनेश चौधरी
सदस्य सचिव : अन्जु चौधरी
सदस्य : किरण चौधरी
सदस्य : कृष्णा चौधरी
सदस्य : अमिरा चौधरी
सदस्य : महिमा चौधरी
सदस्य: प्रकृती कुश्मी
सदस्य : तारा चौधरी
सदस्य : समिक्षा चौधरी
सदस्य : लिलम चौधरी
सदस्य : गिता चौधरी
सदस्य : राजेश चौधरी
सदस्य : अर्णव चौधरी
सदस्य : सिताराम चौधरी
सदस्य : विमय वैध
सदस्य : नेपाली थारु
के हो गुरही पर्व ?
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधी लाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो ।
गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ तर थारु समुदायमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी अन्य समुदायले नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरकफरक ढंगले मनाइन्छ ।
साे कार्यक्रमकाे मिडिया पार्टनर सुदुर सन्दर्भ डटकम रहेको प्रचारप्रसार उपसमिति संयोजक विनय कुश्मिले जनाएका छन् ।