जीवन कसरी जिउन सिकौं बाले जसरी ?
छोरी, बाटो आफैं खोज्नु धुवाले जसरी
आँखामै डुब्छु भन्छौ, मनमै बस्छु भन्छौ
यो मुहार पढ्न सक्दैनौ,आमाले जसरी
पत्थरको जवाफ दिन फूलले हिर्काएकि हुँ
देख्यौ, फूल पनि बिझाउँछन् ढुङ्गाले जसरी
छल ,कपट, घृणा यी आँखाहरुमा
कुन आँखाले देख्यो यी आँखाले जसरि
– तारा पल्लवी, धनगढी ,कैलाली
प्रकाशित : २०८० श्रावण १३ शनिबार प्रकाशित